निलगिरी बोर्डिङको छतबाट छात्राले किन हाम फालिन् ?
पाेखरा | जेठ २८, २०८०
पोखरा: पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलमा अध्ययनरत एक छात्राले स्कुलको चारतला माथिबाट हामफाल्दा घाइते भएकी छिन ।
पोखराको ८ बगालेटोल बस्दै आएकी भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय छात्रा निलमले हामफालेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।
जिप्रका कास्कीकाअनुसार आज बिहानी कक्षा लिन स्कुल पुगेकी निलमले करिब ५:५५ बजे हामफालेकी हुन् । उनको मणिापाल अस्पतालमा उपचार भइरहेको छ ।
कास्की प्रहरी सुत्रका अनुसार शाहले स्कुलमा केही दिन अगाडि पनि हामफाल्ने कोशिस गरेको र स्कुलले सम्बन्धित अभिभावकलाई जानकारी गराएको बताइएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
स्कुलले भने निलम झुक्किएर खसेको जनाएको छ ।
(छात्राको वास्तविक नाम गोप्य राखिएको छ ।)
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटन...
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

